सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले फाल्गुन २९ गते (आज) ११ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा बाेगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ११ प्रतिशतका दरले हुन आउने रकम रु. ३ करोड १६ लाख ९३ हजार ६८८ रुपैयाँ ५८ पैसा बराबरको बोनस शेयर र ०.५७८९ प्रतिशतका दरले हुन आउने रकम रु. १६ लाख ६८ हजार ०८८ रुपैयाँ ८७ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि पारित गर्ने छ ।
सभाले हाल कायम रहेको पुँजी संरचनामा संस्थापक शेयरधनीकाे तर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीकाे तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमा सो शेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक शेयरधनीकाे तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीकाे तर्फ ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिमा शेयर स्वामित्व अनुरूप प्रतिनिधित्व हुने गरी व्यवस्था गर्ने सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १४ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा फागुन ११ गते सम्म कायम शेयरधनीहरुले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
सिभिल लघुवित्तले आज एघारौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
