धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १९५८ दशमलव ९४ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव १९ अंकले घटेर ३८५ दशमलव ३३ को विन्दुमा पुगेको छ ।
आज कूल २२४ कम्पनीहरूका ४९ लाख ४४ हजार ७६ कित्ता शेयर रु २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह ३ दशमलव २५ अङ्कले, अन्य उपसमूह शुन्य दशमलव ८२ अङ्कले, जीवन बीमा उपसमूह ४६.१ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव १४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०१ अङ्कले बढेकाे छ । यता, बैंकिङ उपसमूह ३ दशमलव ९९ अङ्कले घट्दा, होटल तथा पर्यटन उपसमूह १.८३ अङ्कले, विकास बैंक उपसमूह ३९.५४ अङ्कले, जलविद्युत उपसमूह ६.०४ अङ्कले, वित्त उपसमूह ९.७४ अङ्कले, निर्जीवन बीमा ८१.१५ अङ्कले, उत्पादन उपसमूह ६२.९९ अङ्कले र लघुवित्त उपसमूह २१.५२ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ६.४३ अङ्कको गिरावट, नेप्से १९५८.९४ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
