फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको नाफा ६१.७९ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ३ कराेड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ६ कराेड ३७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९६ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्ट माइक्रोफाइनान्सले १ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सले ९ अर्ब २१ करोड ४८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २२ करोड २६ लाख रुपैयाँ रहेको छ।
फर्स्ट माइक्रोफाइनान्सको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९८.०९ प्रतिशतले बढेर १२ करोड १ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात शून्य प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ५२ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ६३९ काे आधारमा मूल्य आम्दानी अनुपात २४.१५ गुणा रहेको छ ।
फर्स्ट माइक्राेफाइनान्स लघुवित्तको नाफा ६ करोड ३७ लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
