एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६१.८४ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले ३९ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एन आई सी एशिया लघुवित्तले ३ अर्ब ३६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, एन आई सी एशिया लघुवित्तले १५ अर्ब १० करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ५६ करोड ११ लाख रुपैयाँ र सञ्चित मुनाफा ९६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
एन आई सी एशिया लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३४.८५ प्रतिशतले घटेर ५४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै लघुवित्तको वितरण योग्य मुनाफा १० करोड १६ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ३.३८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ७९० को आधारमा मूल्य आम्दानी अनुपात ४५.९० गुणा रहेको छ ।
खुद ब्याज आम्दानी घटेसँगै एन आई सी एशिया लघुवित्तको नाफामा ६१.८४ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

0.00%

100.00%

0.00%
