कुमारी बैङ्क लिमिटेडले आफ्नो एटिएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरू स्वीकार गर्ने भएको छ ।
डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, सो सुविधा नेपालभर कुमारी बैङ्कका सम्पूर्ण एटिएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुने बैङ्कले जनाएको छ ।
सो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैङ्कको एटिएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरूलाई पनि लाभ हुने विश्वास बैङ्कले लिएको जनाएको छ ।
बैङ्कले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कुमारी बैङ्कको एटिएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
