एन आई सी एशिया बैंक लिमिटेडको मिति २०७९ कार्त्तिक १६ मा बसेको सञ्चालक समितिको ५७३ औँ बैठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्त गरेको छ । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहनुभएका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मङ्सिर १५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको सो बैंकले बताएको छ ।
सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिनु भएका रोशन कुमार न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमानै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको मिति २०७५ मङ्सिर १६ को ३७९ औँ बैठकले वहाँलाई मिति २०७५ मङ्सिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएपछि उहाँ मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रूपमा समेत चर्चित हुनुभयो । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधि मानै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ्ग क्षेत्रमा उदयमान हुनुभएको थियो ।
रोशन कुमार न्यौपानेलाई एन आई सी एशिया बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
