प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०४/१३ गते देखि तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औँ र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औँ शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैङ्क लि.ले आफ्नो बैङ्कको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ । प्रभु बैङ्क लि.को यो अभियानले देश भरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।
बैङ्कको म्याङ्लुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र सो क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।