नेपाल सरकार (माननीय  उप–प्रधान तथा अर्थ मन्त्री स्तर) को निर्णयअनुसार कृषि विकास बैङ्क लि. बैङ्क सञ्चालक समितिको सञ्चालक सदस्यमा दिर्घराज मैनाली मनोनयन हुनु भएको छ । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहनु भएको छ ।  बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दिर्घराज मैनालीलाई बैङ्क सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले शपथ ग्रहण गराउनु  भएको थियो । उक्त अवसरमा कृषि विकास बैङ्क लि.का सञ्चालक सदस्यहरू सञ्जीव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई सञ्जीव पौडेल, विनोद कुमार गुरागाईँ, श्रीमती रीता सुवेदी कृषि विकास बैङ्क लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ , बैङ्कका कम्पनी सचिव हिमलाल पौडेलसमेत को उपस्थिति रहेको  थियो ।
 
दिर्घराज मैनालीज्यू कृषि विकास बैङ्क लि.सञ्चालक समितिको सदस्यमा नियुक्त
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    