सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओ नियुक्त गरेको हो । सो जानकारी कम्पनीले नेप्से मार्फत दिएको छ ।
सानिमा जनरल इस्योरेन्समा सीईओ रहेका उपाध्यायले प्रिमियर इन्स्योरेन्समा पनि प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गरेका छन् । साबिकको सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल मर्ज भई कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको थिए ।
सानिमा जिआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
