ग्लोबल आइएमई बैङ्क लिमिटेड र हब इन्टरनेशनल एजुकेसन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजपुरमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेसन प्रा. लि.का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।
समझदारी अनुसार बैङ्कले हब इन्टरनेशनल एजुकेसन प्रा. लि.ले सिफारिस गरेका विद्यार्थीहरूलाई भारतका विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजपुरमा प्रवाह गर्नेछ ।
हब इन्टरनेशनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक कागजात तथा विवरण सहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिए पश्चात् छिटो, सरल तथा सहज रूपमा सो कर्जा प्रवाह गरिने बैङ्कले जानकारी दिएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैङ्क, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैङ्क हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
ग्लोबल आइएमई बैङ्क र हब इन्टरनेशनल एजुकेसनबिच शैक्षिक कर्जा प्रदान गर्ने सम्बन्धी समझदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
