उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८९.२५ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ७१ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ७ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको उन्नति सहकार्य लघुवित्तले ३ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, उन्नति सहकार्य लघुवित्तले २ अर्ब २० करोड रुपैयाँ सापटी लिएको छ भने लघुवित्तको जगेडा कोषमा ६ करोड ६७ लाख रुपैयाँ र सञ्चित मुनाफा ५ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
उन्नति सहकार्य लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.८१ प्रतिशतले घटेर ५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.६१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु ८८५ को आधारमा मूल्य आम्दानी अनुपात ६६०.४४ गुणा रहेको छ ।
 
उन्नति सहकार्य लघुवित्तको नाफामा ८९.२५ प्रतिशतको गिरावट
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    