
नेपाल इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/०८१ को हाल कायम चुक्ता पुँजीको १५.७९ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम रु. २४ करोड ६६ लाख ३६ हजार २९० रुपैयाँ ९० पैसा बराबरको बोनस शेयर र ०.७९ प्रतिशतले हुन आउने रकम रु. १ करोड २९ लाख ८० हजार ८५७ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा १५.७९ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।
Click here to view the notice.
 
नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    