नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकोले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासङ्घको पदाधिकारीसहित ऊर्जा मन्त्रालयमा पुग्नुभएका ढकालले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको बताउनुभयो ।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जा मन्त्रीलाई आग्रह समेत गर्नुभयो ।
यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगिरहेका तथा पटक पटक बत्ती काटिदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गर्नुभएको छ।
अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको जानकारी दिनुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापन पत्रसमेत बुझाउनु भएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभयो ।
उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरूपण हुने बताउनुभयो ।
सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ ।
प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामा, अध्यक्ष ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%