साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ५ दशमलव ०० अङ्कले बढेर २०४२ दशमलव ०७ को विन्दुमा कायम भएको छ। आज कूल २७० कम्पनीहरूका ७८ लाख ९६ हजार ४७८ कित्ता शेयर रु. ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. १७ करोड ९३ लाख ४६ हजार ०१५ बराबरको शेयर कारोबार भयो । त्यस्तै, सोल्टी हाेटल लिमिटेडको रु. १६ करोड ०४ लाख ०२ हजार ८८१ बराबरको शेयर कारोबार भएको छ।
यता, नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १४ करोड ९१ लाख ७० हजार १६१ कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. ११ करोड ६१ लाख ८७ हजार ३०१ र हिमालयन डिष्टिलरी लिमिटेडको रु. ९ करोड ३४ लाख ९४ हजार ४८९ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
