
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ अङ्कले बढेर २४२४ दशमलव ३२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले बढेर ४३६ दशमलव १४ को विन्दुमा पुगेको छ ।
आज कूल ३१२ कम्पनीहरूका ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर रु. १५ अर्ब ५४ करोड ८८ लाख ७३८ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य वित्त उपसमूह ३५ दशमलव ६९ अङ्कले र जलविद्युत उपसमूह शून्य दशमलव २२ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ८० दशमलव ४९ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ६३ दशमलव ५१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६३.६१ अङ्कले,  लगानी उपसमूह शून्य दशमलव ७७ अङ्कले, जीवन बिमा उपसमूह १४६.३१ अङ्कले, उत्पादन उपसमूह ८३.१९ अङ्कले, लघुवित्त उपसमूह १३९.४० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १८ अङ्कले, निर्जीवन बिमा १२३.९२ अङ्कले, अन्य उपसमूह ४०.३८ अङ्कले र ट्रेडिङ उपसमूह १५.७७ अङ्कले बढेका छन् ।
 
धितोपत्र बजारमा ५९.६८ अङ्कको वृद्धि, नेप्से २४२४.३२ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    