
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर २६३० दशमलव ९१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ९६ अङ्कले घटेर ४५१ दशमलव २८ को विन्दुमा पुगेको छ ।
आज कूल ३०४ कम्पनीहरूका १ कराेड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर रु. ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८४७ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।
बैङ्किङ उपसमूह २१ दशमलव ३२ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ११५ दशमलव ८२ अङ्कले, वित्त उपसमूह १४३ दशमलव ७६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १५३.४३ अङ्कले, जलविद्युत उपसमूह ८३.९३ अङ्कले, लगानी उपसमूह १.६० अङ्कले, जीवन बिमा उपसमूह २३५.६९ अङ्कले, उत्पादन उपसमूह ७९.८१ अङ्कले, लघुवित्त उपसमूह ९२.३० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १९ अङ्कले, निर्जीवन बिमा १८२.४४ अङ्कले, अन्य उपसमूह २८.९० अङ्कले र ट्रेडिङ उपसमूह १७५.५० अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा ५१.३७ अङ्कको गिरावट, नेप्से २६३०.९१ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    