साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले घटेर १९०४ दशमलव ९८ को विन्दुमा कायम भएको छ। आज कूल २६६ कम्पनीहरूका २९ लाख ७५ हजार ९२० कित्ता शेयर रु. ८७ करोड ०४ लाख ४८ हजार १५१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा प्रभु बैङ्कको प्रवर्द्धक शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ५ करोड २६ लाख ३२ हजार १०२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम सिमेन्टस् लिमिटेडको रु ३ करोड ९८ लाख ८३ हजार २४५ बराबरको शेयर कारोबार भएको छ।
यता, नेष्डाे समृद्ध लघुवित्तको ३ करोड ३६ लाख ५५ हजार ६१४ कारोबार हुँदा एन आई सी एशिया बैङ्कको रु २ करोड ६५ लाख ७८ हजार ४५१ शेयर र हिमालयन डिस्टिलरी लिमिटेडको २ करोड ४२ लाख ३५ हजार २५ बराबरको शेयर कारोबार भएको छ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
