
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर २६४२ दशमलव १५ को विन्दुमा कायम भएको छ। आज कूल ३५४ कम्पनीहरूका २ करोड ५ लाख ५९ हजार ०५५ कित्ता शेयर रु. ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु. ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ४४ करोड ५२ लाख ८० हजार ६२० बराबरको शेयर कारोबार भएको छ ।
यता, ङादी ग्रुप पावर लिमिटेडको रु. ३१ करोड २८ लाख ६६ हजार ९७१, सिईडिबि होल्डिङग्स लिमिटेडको रु. ३१ करोड ११ लाख ९९ हजार ७७७ र एसवाई प्यानल नेपाल लिमिटेडको रु. २८ करोड ३२ लाख ६८ हजार ४१९ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
