
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर २७४९ दशमलव ८३ को विन्दुमा कायम भएको छ। आज कूल ३२१ कम्पनीहरूका १ कराेड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर रु. ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ४५ करोड ४६ लाख ४५ हजार ३६४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रु. २८ करोड ८८ लाख २५ हजार ४९४ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन डिष्टिलरी लिमिटेडको रु. २६ करोड ३३ लाख २६ हजार ३८४, नेपाल रिपब्लिक मिडिया लिमिटेडको रु. २१ करोड २ लाख १६ हजार १५२ र पिपुल्स पावर लिमिटेडको रु. १८ करोड ३९ लाख १० हजार ००२ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    