साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले बढेर १९८० दशमलव ०९ को विन्दुमा कायम भएको छ। आज कूल २७५ कम्पनीहरूका ९५ लाख २८ हजार २५५ कित्ता शेयर रु. ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नागरिक लगानी कोषको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ११ करोड ४७ लाख २४ हजार ५१८ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडको रु. १० करोड ८७ लाख ७५ हजार ५१५ बराबरको शेयर कारोबार भएको छ।
यता, आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १० करोड ६८ लाख ५० हजार ६३१ कारोबार हुँदा नेपाल टेलिकमको रु. ८ करोड १२ लाख ६४ हजार ९५४ र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रु. ७ करोड ९३ लाख १४ हजार ०३१ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
