मेन्छियाम हाईड्राेपावर लिमिटेडले वैशाख ०४ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार सम्म रहेको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गरी रितपूर्वक शेयर खरिद आवेदन प्राप्त ५ लाख ०५ हजार ७८० कित्ता साधारण शेयर सम्बन्धित आवेदकलाई बाँडफाँड गरेको र जारी पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि निष्कासन गरी शेयर समेत बाँडफाँड पश्चात् २२ हजार ४३९ कित्ता कर्मचारीहरूलाई र ५६ हजार ०९९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख ०७ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख १९ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि मेन्छियाम हाईड्राेपावरको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
