चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ । भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक व्यापार १८.५४ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५६ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपालको व्यापार घाटा १३.१२ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख ८६ हजार रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा नेपालले ४ खर्ब ९९ करोड ८३ लाख २ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयातमा १६.२० प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँको वस्तु आयात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले मात्र ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष नेपालको निर्यात व्यापार ३५.७१ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ६५ अर्ब ५ करोड २८ लाख ३४ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको थियो ।
तीन महिनामा नेपालको व्यापार घाटा साढे तीन खर्ब नाघ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
