नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताउनुभएको छ ।
गोरखा उद्योग वाणिज्य सङ्घको ४७औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक समृद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरू गोरखकाली रबर उद्योग पुनः सञ्चालन र बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ।
“नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग सञ्चालन गर्न मैले पनि पहल गर्नेछु । यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,” उहाँले भन्नुभयो,” यसका साथै बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आग्रह गर्न चाहन्छु।”
उहाँले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उहाँले गोरखामा पर्यटन क्षेत्रको ठुलो सम्भावना रहेको र आफूले यहाँको पूर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल एकीकरण गोरखाबाट सुरु भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा विकास गर्नुपर्छ, उहाँले भन्नुभयो।
“अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै हुनुहुन्छ । महत्त्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधान मन्त्री तथा भौतिक विकास मन्त्री हुनुहुन्छ । तपाई हामी सबै पहल गरौँ । नेपाल एकीकरणको सुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक समृद्धि र विकासको अभियान पनि यहीबाट सुरु गरौँ,” उहाँले भन्नुभयो ।
कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरू देखिएको बताउँदै उहाँले व्यवसायीहरूलाई संयमित भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ ।
“कोरोना महामारी सँगै मुलुकको अर्थतन्त्रमा धेरै समस्याहरू देखिएका थिए । हामी महासङ्घको नेतृत्व बैङ्कको ब्याजदर लगायत व्यवसायीहरूका समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क तथा विभिन्न पक्षसँग वार्ता र छलफल गरिरहेका छौँ । त्यसकै फलस्वरूप आंशिक रूपमा भए पनि व्यवसायीहरूका मागहरू सम्बोधन भएका छन् । हामी महासङ्घका तर्फबाट व्यवसायीका सबै माग सम्बोधन नभएसम्म निरन्तर पैरवी गरिरहनेछौँ,” उहाँले भन्नुभयो ।
उहाँले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरू सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताउनुभयो ।
उहाँले बैङ्कको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरूले निर्धारण गर्ने हुँदा कुनै एक बैङ्कको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताउनुभयो ।
उहाँले महासङ्घको आगामी ५७औँ अधिवेशनमा विभिन्न पदमा प्रत्याशी साथीहरूलाई सस्तो लोकप्रियताका लागि गैर जिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गर्नुभएको छ ।