चितवनमा पहिलो पटक प्रभु बैङ्कको एजुकेशन हबको शुभारम्भ

वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैङ्कले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बिच बैङ्कले हबको शुभारम्भ गरेको हो ।

शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौँ जाने बाध्यता समेत हटेको उहाँले बताउनुभयो । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तीय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बताउनभयो । यसका लागि आफूहरू सहकार्य गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले डकुमेन्टस पुरा भएका विद्यार्थीहरूले प्रभु बैङ्कको सेवा लिन समेत आग्रह गर्नुभयो ।

प्रभु बैङ्कका चितवन क्लष्टर प्रमुख साङ्ग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु भएको बताउनुभयो । बैङ्कले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा सुरु गरेको बताउनुभयो । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैङ्कको  जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

प्रभु बैङ्कको  नरॎायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरूको डकुमेन्टस पुरा भएका अधिकतम पाँच दिन भित्र लोन स्वीकृति हुने जानकारी दिनुभयो । यसका लागि अलग्गै कर्मचारीहरू खटाइएको समेत उहाँले जानकारी दिनुभयो । बैङ्कले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा सुरु गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x