हिमालयन बैङ्कको एफपीओ बाँडफाँट सम्पन्न

संस्थापक शेयर बिक्री गर्दै हिमालयन बैङ्क | Gyanmandu | Achieving Excellence  Together
हिमालयन बैङ्क लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट आज बिहान सम्पन्न भएको छ। बैङ्कको कार्यालय कमलादी, काठमाडौँमा बिहान ९ बजे एफपीओ बाँडफाँट गरिएको हो।

बिक्री व्यवस्थापक सिटिजन्स क्यापिटलका अनुसार एफपीओका लागि १८ लाख २५ हजार ९२२ लगानीकर्ताबाट आवेदन प्राप्त भएको थियो। तीमध्ये १७ लाख ४ हजार २७३ आवेदकको फारम मान्य ठहरिएको छ, भने बाँकीको आवेदन विभिन्न कारणले अस्वीकृत गरिएको छ।

सेयर माग अत्यधिक भएकाले बाँडफाँट गोला प्रथामार्फत गरिएको हो। यस प्रक्रियाअन्तर्गत ९ लाख २५ हजार ४६ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी रहेको ९ कित्ता सेयर २० कित्ताका लागि आवेदन दिने मध्ये ९ जनालाई थप एक/एक कित्ता बाँडफाँट गरिएको छ।

बैङ्कले असार ३१ गतेदेखि साउन ४ गतेसम्म एफपीओ अन्तर्गत ९२ लाख ५० हजार ४६९ कित्ता सेयर निष्कासन गरेको थियो। सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँ कायम गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x