उन्नति सहकार्य लघुवित्त लिमिटेडले चैत्र ३० गते (आज) ८ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा एशियन बुद्ध हाेटल सि.न.पा.-८, रुपन्देही (भैरहवा) मा बिहान ८:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सभाले भविष्यमा वित्तीय संस्थाले अन्य इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने वा संस्थाहरूसँग गाभिन, गाभ्ने/गाभिने वा प्राप्ति हुन जाने प्रयाेजनार्थ उपयुक्त देखिएमा सो सँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यवाही अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि चैत्र १६ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
उन्नति सहकार्य लघुवित्तले आज आठौँ वार्षिक साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
