ज्योति क्यापिटल लिमिटेडको जेठ ३ गते बुधवार सम्पन्न सञ्चालक समितिको २७ औँ बैठकले ज्योति विकास बैङ्कबाट सञ्चालक मनोनीत भई आउनुभएका बैङ्कका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका कपिल ढकाल २०८०/०२/०३ देखि लागु हुने गरी सो ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन हुनुभएको छ ।
प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट रहेका कपिल ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैङ्क इन्डिया, हाम्रो विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उहाँले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा सफल कार्यकाल बिताउनु भएको थियो ।
नव–नियुक्त सञ्चालक समितिका अध्यक्ष कपिल ढकालको सो क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा सो क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गर्ने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा सो क्यापिटल विश्वस्त रहेको जनाएको छ ।
ज्योति विकास बैङ्कको सहायक कम्पनीको रूपमा रहेको सो क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । सो क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म रु.१ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैयाँ मुनाफा गरेको छ । साथै, हरेक ग्राहकहरूको समृद्धिको ज्योति बन्ने अभिलाषा बोकेको सो क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र (LOI) प्राप्त गरी पूर्ण सञ्चालनमा आउने क्रममा रहेको छ ।
ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
