स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार, असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले यो चरणमा २३ हजार १०० कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेअनुसार कम्पनीले आफ्नो कुल जारी पुँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् २ लाख ३१ हजार कित्ता शेयर सार्वजनिक गर्ने योजना बनाएको छ। त्यसअनुसार १ हजार १५५ कित्ता कर्मचारीका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि, २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र बाँकी १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारणका लागि छुट्टाइएको छ।
हाल वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन ९ गतेसम्म तोकिएको छ।
यो आइपिओमा आवेदन दिन नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरेको वैदेशिक रोजगारी रहेको प्रमाण पेस गर्नुपर्नेछ। इच्छुक आवेदकहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सी–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू वा मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ। कम्पनीले पहिलो चरणको बाँडफाँडपश्चात् बाँकी सेयर सर्वसाधारणका लागि दोस्रो चरणमा निष्कासन गर्ने जनाएको छ।
स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुला गर्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
