साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ६१ अङ्कले घटेर २०७७ दशमलव २४ को विन्दुमा कायम भएको छ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा ९.९८ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ७.४४ प्रतिशत, इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.९० प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडका शेयरधनीहरुले ५.११ प्रतिशतका दरले कमाएका छन् ।
यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकाका लगानीकर्ताहरूले ६.४६ प्रतिशतले गुमाउँदा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ४.८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड ४.२९ प्रतिशत, शुभम पावर लिमिटेड ३.७२ प्रतिशत र सानिमा ग्राेथ फण्ड ३.६९ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
