धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ५७ अंकले घटेर १९५६ दशमलव ३६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव १२ अंकले घटेर ३८४ दशमलव २१ को विन्दुमा पुगेको छ ।
आज कूल २२६ कम्पनीहरूका २७ लाख ७३ हजार ७३७ कित्ता शेयर रु १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य वित्त उपसमूह ४ दशमलव ६५ अङ्कले, निर्जीवन बीमा २३.४ अङ्कले, अन्य उपसमूह १४.१५ अङ्कले र जीवन बीमा उपसमूह ९३.६१ अङ्कले बढेका छन् ।यता, बैंकिङ उपसमूह ३ दशमलव ९७ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह २९.४१ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३.७४ अङ्कले, विकास बैंक उपसमूह ७.३ अङ्कले, जलविद्युत उपसमूह १२.७४ अङ्कले, उत्पादन उपसमूह ३६.५८ अङ्कले, लघुवित्त उपसमूह २७.९२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह शून्य दशमलव ११ अङ्कले घटेकाे छ।
धितोपत्र बजारमा २.५७ अङ्कको गिरावट, नेप्से १९५६.३६ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
