सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० र अधिकतम कित्ता २० हजार सम्म तोकिएको छ।
कम्पनीको जारी पुँजीको १० प्रतिशत अर्थात् प्रति शेयर रु. १०० अङ्कित दरको ५ लाख कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरूलाई र ५ प्रतिशत अर्थात् २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको तथा २ प्रतिशत अर्थात् १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूलाई छुट्ट्याइ बाँकी रहेको ४ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) माघ २६ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फाल्गुन ०८ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि-आस्वा प्रणालीबाट आवेदन पेस गर्न सक्नेछन्। सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
