आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा ५१ करोड ४५ लाख

आई.एम.ई लाइफ इन्स्याेरेन्सको नाफा १४५.०४ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा कम्पनीले २० करोड ९९ लाख नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को चौथौँ त्रैमास सम्ममा कम्पनीले ५१ करोड ४५ लाख नाफा कमाएको देखिन्छ ।

५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको आई.एम.ई लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन १४.४२ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको महाविपत्ति कोषमा १७ करोड ७४ लाख रुपैयाँ रहेको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ४६ करोड कमिसन प्रदान गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ५९ पैसा छ र मूल्य आम्दानी अनुपात ५६.७५ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x