एक्सेल डेभलपमेन्ट बैङ्क, केन्द्रीय कार्यालय बिर्तामोडको प्रायोजनमा झापाली समाज युएईद्वारा झापाको दमक २ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय एक जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
झापाली समाज युएईले समाज सेवामा गरेको पवित्र कार्यलाई सम्मान गर्दै यो पवित्र कार्यमा एक्सेल डेभलपमेन्ट बैकले पनि विगत देखि नै सहयोग गर्दै आइरहेको छ। समाजले गर्ने हरेक सामाजिक कार्यमा बैकले हिजो बाट नै सहयोग गर्दै आएको र आगामी दिनमा समेत समाज सेवाको पवित्र कार्यमा सहयोग गर्ने बैङ्कका सिइओ डा. इन्द्रकुमार कट्टेलले बताउनु भयो ।
सो पवित्र कार्यमा सहयोग गर्नुहुने बैङ्क लगायत सम्पूर्ण प्रति समाजका नेपाल सम्पर्क समितिका अध्यक्ष राजेन्द्र कुमार दाहालले धन्यवाद दिनुभयो ।
कार्यक्रममा समाजले हाल सम्म गरेका सम्पूर्ण गतिविधिलाई समेटेर तयार परिएको वृत्तचित्रको सङ्क्षिप्त भाग प्रस्तुत गरिएको थियो भने वृत्तचित्रको पुरा भाग समय मिलाएर केही दिन पछि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरी सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक प्रेम पाण्डेले समाजका सदस्यलाई धन्यवाद दिनुभएको थियो । भने दमक नगरपालिका २ नम्बर वडा सदस्यले समाजले गरेको कामको प्रशंसा गर्नु भएको थियो । यस कार्यक्रमबाट साना विद्यार्थीहरू लाभान्वित भएका छन् ।
झापाली समाज युएई नेपाल सम्पर्क समितिका सचिव मित्रलाल पोख्रेलले सञ्चालन गर्नु भएको थियो भने । पूर्व केन्द्रीय सदस्य प्रदीप कुमार सङ्गौलाले आमन्त्रित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नु भएको थियो । सो कार्यक्रममा बैङ्कका सी.इ.ओ. डा. इन्द्रकुमार कट्टेल, मार्केटिङ अफिसर गजेन्द्र ढकाल लगायतको उपस्थिति थियो ।
सो बैङ्कको कार्यक्षेत्र कोसी प्रदेश रहेको र सो प्रदेशभित्र ४७ वटा शाखाहरू तथा ३ वटा एटिएम मेसिनबाट सेवा प्रदान गरिरहेको छ ।
एक्सेल डेभलपमेन्ट बैङ्कद्वारा झापाली समाज युएईको सहकार्यमा न्यानो कपडा वितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
