ग्लोबल आइएमई बैङ्क लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
बैङ्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । सो कर्जा १२.०८ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ ।
२१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैङ्कमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरूले सो योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् ।
बैङ्कले नेपाल, भारत र भुटान बाहेक मलेसिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ ।
बैङ्कले युके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्ट लि. सँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो ।
ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैङ्कले ३५७ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैङ्कले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
