ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र हसनपुर, धनगढी स्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रवि कान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.का तर्फबाट निर्देशक डा. सुरेन्द्र भट्टद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.द्धारा सञ्चालित सेवामा १० प्रतिशतका छुट प्राप्त हुने बैंकले जनाएकाे छ ।
उक्त सम्झौता अन्तर्गत न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ । सो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको जनाएको छ ।
प्रभु बैंक लिमिटेड र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.का बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
