साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल पौष २६ गते, शुक्रवारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/०८१ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम रु. ३ करोड २० लाख ७१ हजार ६९५ रुपैयाँ ५० पैसा बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
Click here to view the notice.
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
