
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर १९६७ दशमलव ५७ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ५० अङ्कले घटेर ३७९ दशमलव १४ को विन्दुमा पुगेको छ ।
आज कूल २७६ कम्पनीहरूका ३९ लाख १६ हजार १६१ कित्ता शेयर रु. १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष यथावत नै रहेको छ । यता, बैङ्किङ उपसमूह ५ दशमलव ४७ अङ्कले घट्दा विकास बैङ्क उपसमूह ५४ दशमलव ०९ अङ्कले, वित्त उपसमूह ३२.८९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ११०.८७ अङ्कले, जलविद्युत उपसमूह ३१.२७ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ९१ अङ्कले, जीवन बिमा उपसमूह १०८.२९ अङ्कले, उत्पादन उपसमूह ५६.०१ अङ्कले, लघुवित्त उपसमूह ५०.५६ अङ्कले, निर्जीवन बिमा १४९.४० अङ्कले, अन्य उपसमूह ३.४५ अङ्कले र ट्रेडिङ उपसमूह २४.०२ अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा ३९ लाख १६ हजार १६१ कित्ता शेयर कारोबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    