साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर २०५० दशमलव ७८ को विन्दुमा कायम भएको छ।
सिटि हाेटल लिमिटेडको शेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । सोल्टी हाेटल लिमिटेडका शेयरधनीहरुले ७.४४ प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ६.१० प्रतिशत, ईङ्वा हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ५.९८ प्रतिशत र एनआईबिएल ग्रोथ फण्डका शेयरधनीहरुले ५.६५ प्रतिशतका दरले कमाएका छन् ।
यता, ग्रीन भेन्चर्स लिमिटेडका लगानीकर्ताहरूले ६.९८ प्रतिशतले गुमाउँदा मेन्छियाम हाइड्रोपावर लिमिटेड ५.४८ प्रतिशत, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड ५.४१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड ५.११ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ४.९० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
