
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर २८९४ दशमलव ५७ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १४ दशमलव ५२ अङ्कले घटेर ५१९ दशमलव ३४ को विन्दुमा पुगेको छ ।
आज कूल ३३३ कम्पनीहरूका ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर रु. १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लघुवित्त उपसमूह ५८.४० अङ्कले बढेको छ । यता, बैङ्किङ उपसमूह ५६ दशमलव ७४ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १४५ दशमलव १७ अङ्कले, वित्त उपसमूह १३९ दशमलव ३३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १७७.५० अङ्कले, जलविद्युत उपसमूह १११.४५ अङ्कले, लगानी उपसमूह ४.६३ अङ्कले, जीवन बिमा उपसमूह ३६९.४१ अङ्कले, उत्पादन उपसमूह १५३.७८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ३५ अङ्कले, निर्जीवन बिमा ३२८.९६ अङ्कले, अन्य उपसमूह ८०.९१ अङ्कले र ट्रेडिङ उपसमूह ७०.८४ अङ्कले घटेका छन् ।
 
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा ७९.८८ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    