एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० कित्ता शेयर बराबर ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर जारी गरेको छ। यस अनुसार कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २० रुपैयाँ बराबरका ९६ लाख ३१ हजार २२१ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।
हकप्रद शेयरको आवेदन दिने म्याद आज (पुस १६ गते) समाप्त हुँदैछ। इच्छुक लगानीकर्ताले बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद शेयरको निष्काशन प्रक्रिया सुरु गरेको थियो।
कम्पनीले कात्तिक २७ गते बुकक्लोज गरी योग्य शेयरधनीको सूची तयार पारेको थियो। यस आधारमा, कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ। साथै, लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका शाखाहरु, एनएलजी इन्स्योरेन्सका कार्यालयहरु तथा सि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्छन्।
इक्रा नेपालले इन्स्योरेन्सलाई ए माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता सुरक्षित रहेको जनाउँछ।
हकप्रद बाँडफाँटपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ। हाल यसको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ छ।
एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर आवेदन आज बन्द हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
