आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवन कुमार खड्का नियुक्त हुनुभएको छ । कम्पनीको सञ्चालक समितिको आज मङ्सिर १३ गते बसेको बैठकले खड्कालाई सिइओ मा नियुक्त गर्ने निर्णय गरेको हो ।
निजको नियुक्तिको स्वीकृतिका सम्बन्धमा नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मङ्सिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्ण पालना गर्ने गरी कम्पनीका सञ्चालक समितिलाई आवश्यक कार्य गर्नको जानकारी गराएको थियो ।
सिइओ खड्कासँग बैङ्क वित्तीय संस्था तथा कर्पोरेट क्षेत्रमा गरेर करिब १८ वर्षको अनुभव हासिल गरिसक्नुभएका खड्काको प्रमुख कार्यकारी अधिकृतको यात्रा भने साबिक सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबाट सुरुवात भएको थियो । उहाँ २०७८ असारमा सूर्या लाइफको सिइओ बन्नुभएको थियो । २०७९ पुस महिनामा साबिक सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ बने पछि भने उहाँ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो । उहाँ सँग एसीसीए संयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको शैक्षिक योग्यता रहेको छ ।
 
आईएमई लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का नियुक्त
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    