महालक्ष्मी विकास बैङ्कले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैङ्कले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सोही अन्तर्गत महालक्ष्मी विकास बैङ्कको लालबन्दी शाखाद्वारा रोटरी क्लब अफ ठमेल काठमाडौँ र रोटर्याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना “परियोजना न्यानो “ अन्तर्गत मिति २०८१ साल पौष १३ गते ईश्वरपुर नगरपालिका वडा न. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरू वितरण गर्न आर्थिक सहयोग गरेको छ ।
त्यसै गरी बैङ्कको राजापुर शाखाद्वारा मङ्सिर २२ गते देखी मङ्सिर २९ गते सम्म धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ सञ्चालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पस सँगको सहकार्यमा उक्त अवधिभर जथाभाबी भएको फोहोर सङ्कलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाइ गर्न तथा फोहोर मैलाहरू व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।
श्री राजदेवी साङ्गीतिक समूह, कलैया बाराले कलैया उ.म.न.पा, वडा न. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा आवश्यक पर्ने फलफूल, जुस, साउन्ड सिस्टम, मिठाई लगायतका सामाग्रीहरू खरिद गर्न यस बैङ्कले आर्थिक सहयोग गरेको छ ।
बैङ्कले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।
बैङ्कले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैङ्कको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
महालक्ष्मी विकास बैङ्कद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
