प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार प्रभु बैङ्क लि.का कर्मचारी तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको सहर हो । कृष्ण मन्दिर,पाटन दरबार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्न यस सहरमा देश तथा विदेशबाट पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ ।
यसै गरी आन्तरिक तथा बाह्य पर्यटकका लागी लक्षित गरी चार तारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरूको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरू बिच निकै रुचाइएको सो होटेलमा Sauna, Steam, swimming pool, fitness center लगायतको सुविधा रहेको छ । ग्राहकहरूको सेवाको लागी सोही परिसरमा दुई वटा रेस्टुरेन्ट रहेको छ ।
प्रभु बैङ्क र होटल हिमालय बिच विशेष छुट सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
