उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १८५.४५ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्त १ करोड ६१ लाख रुपैयाँ घाटामा गएको देखिन्छ ।
६ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको उपकार लघुवित्तले १ अर्ब १० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी २ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, उपकार लघुवित्तले ८१ करोड २२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १५ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
उपकार लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले घटेर ६ करोड २९ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ७.१५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३६ रुपैयाँ ६५ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ३७६० को आधारमा मूल्य आम्दानी अनुपात ७६.६२ गुणा रहेको छ ।
उपकार लघुवित्तको खुद ब्याज आम्दानीमा ४.७८ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
