नेपालमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, मानिसहरूको जीवन शैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहेको सवारी चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना बढ्दै गएकाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना प्रवाह गर्न एक्सेल डेभलपमेन्ट बैङ्क लिमिटेडले बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापा बिर्तामोड भित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने संकेतिक एवं सन्देश मूलक बोर्ड साथै ८ थान ट्राफिक पोलहरू हस्तान्तरण गरेको छ ।
उक्त ट्राफिक पोलहरू हस्तान्तरण एवं जडान सम्बन्धी आयोजित कार्यक्रममा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई उक्त ट्राफिक पोलहरू हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी निरीक्षक न्यौपानेले बैङ्कले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापा बिर्तामोडलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । साथै, एक्सेल डेभलपमेन्ट बैङ्कले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको जानकारी गराउनु भयो ।
एक्सेल डेभलपमेन्ट बैङ्कद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापालाई ट्राफिक चिन्ह सहितको पोल हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
