महालक्ष्मी विकास बैङ्क र दराज नेपाल बिच ११.११ अभियानको लागि ग्राहकहरूलाई विशेष अफर र लाभहरू प्रदान गर्ने गरी सहकार्य भएको छ ।
११.११ को रूपमा विश्वव्यापी रूपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैङ्कले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरूलाई अझ विस्तार गर्दै जाने नीति अनुरूप दराज नेपाल सँग सहकार्य भएको हो । यस सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मङ्सिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैङ्कका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरूले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १५०० सम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटको लागि ग्राहकहरूले दराजबाट भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, ग्राहकहरूको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास लिएको बैङ्कले जनाएकाे छ ।
हालै मात्र बैङ्कले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैङ्कको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सक्नेछन् ।
महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
