सरकारले आगामी आर्थिक वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
संसदमा सोमवार सरकारको वार्षिक बजेट र आय व्यय अर्थमन्त्री डा. प्रकाशशरण महतले मुद्रास्फीति ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सुनाउनुभयो । आर्थिक अवस्थामा सुधार आई सो आर्थिक वृद्धिको लक्ष्य पुरा हुने उहाँको भनाई छ ।
यो आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो भने मुद्रास्फीतिलाई ७ प्रतिशतमा राख्ने लक्ष्य लिएको थियो।
सरकारले उल्लिखित आर्थिक वृद्धि हासिल गर्न र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति तर्जुमा गर्ने भएको छ।
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
