वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८१/८२ को असाेजमा ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को असाेजमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १,१०,६५४ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ५९,९३९ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,१३,३९७ र ४९,२९७ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ४ खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो ट्रान्सफर ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
