
नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष सोही महिनामा मुद्रास्फीति दर ४.४० प्रतिशत रहेको थियो।
यस समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति दर घटेर १.५२ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ६.४१ प्रतिशत रहेको थियो ।
त्यसै गरी, गैर-खाद्य तथा सेवा समूहमा मुद्रास्फीति ३.४५ प्रतिशत पुगेको छ । यो दर अघिल्लो वर्षको सोही अवधिको ३.०९ प्रतिशत मुद्रास्फीतिको तुलनामा थोरैले बढेको हो।
 
मुद्रास्फीति २.७७ प्रतिशतमा सीमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    