चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वाणिज्य बैङ्कहरूले करिब ८ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले साउनमा स्थिर नाफा कमाएका छन्।
सबैभन्दा धेरै नाफा गर्नेमा ग्लोबल आइएमई बैङ्क अगाडि रहेको छ। बैङ्कले एक महिनामै ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। त्यसपछि नबिल बैङ्क ७१ करोड ६४ लाख रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले ६३ करोड ४२ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैङ्कले ५५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यसै गरी नेपाल बैङ्कले ५५ करोड २७ लाख, प्राइम बैङ्कले ५० करोड ४९ लाख, कुमारी बैङ्कले ४९ करोड २४ लाख, एभरेष्ट बैङ्कले ४८ करोड ३९ लाख, एनएमबि बैङ्कले ४६ करोड ६७ लाख र हिमालयन बैङ्कले ४० करोड ८९ लाख रुपैयाँ नाफा कमाएका छन्।
त्यस्तै, सिद्धार्थ बैङ्क ४० करोड १३ लाख, लक्ष्मी सनराइज बैङ्क ३९ करोड ४४ लाख, सानिमा बैङ्क ३९ करोड २ लाख, एनआइसी एशिया बैङ्क ३१ करोड ९३ लाख, प्रभु बैङ्क ३० करोड २३ लाख, सिटिजन्स बैङ्क २७ करोड २४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैङ्क २७ करोड १६ लाख, माछापुच्छ्रे बैङ्क २६ करोड ५२ लाख र नेपाल एसबीआई बैङ्क १५ करोड ८९ लाख नाफा कमाउन सफल भएका छन्।
सबैभन्दा कम नाफा कृषि विकास बैङ्कले गरेको छ। बैङ्कले साउनमा ३७ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको राष्ट्र बैङ्कले जनाएको छ।
साउन महिनामा वाणिज्य बैङ्कको नाफा ८ अर्ब नाघ्यो, ग्लोबल आइएमई शीर्ष स्थानमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
